» वानीरा फाउन्डेसन निजी क्षेत्रमा नेपाली भाषासाहित्यको हालसम्मकै उच्च धन राशिबाट निर्माण गरिएको विशेष प्राज्ञिक संस्था हो ।

Home » वानीरा फाउन्डेसनका पुरस्कार

वानीरा फाउन्डेसनका पुरस्कार

वानीरा फाउन्डेसनको स्थापनाको मूल तत्त्व भनेको नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरिको व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धान गर्ने काम नै हो । यसै हिसाबमा वानीरा सङ्ग्रहालयका अतिरिक्त वानीरा पुरस्कारलाई पनि महत्त्वका साथ अगाडि राखिएको छ ।

वानीरा पुरस्कारलाई छ चरणमा विभाजित गरिएको छ—

(१) वानीरा प्रज्ञा पुरस्कार

छ दशक अघिदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित भई नेपाली भाषासाहित्यमा आफ्नो सिर्जनाद्वारा लोकप्रियता हासिल गर्ने स्रष्टालाई हरेक वर्ष एक लाख रुपियाँ राशिसहित ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरिन्छ ।

(२) वानीरा शङ्कर पुरस्कार

नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरि र उहाँका पति इन्जिनियर शङ्कर गिरिका नाउँमा स्थापित ‘वानीरा शङ्कर पुरस्कार’ विविध क्षेत्रमा उत्कृष्ट कीर्ति कायम गर्ने व्यक्तित्वलाई हरेक वर्ष एक लाख रुपियाँ राशिसहित समर्पण गरिन्छ ।

(३) वानीरा पुरस्कार

चार दशकअघिदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित भई नेपाली भाषासाहित्यमा आफ्नो सिर्जनाद्वारा लोकप्रियता हासिल गर्ने स्रष्टालाई हरेक वर्ष पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गरिन्छ ।

(४) वानीरा शोध पुरस्कार

नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरिको व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धानमा केन्द्रित रहेर विद्यावारिधि गर्ने शोधार्थीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा शोध पुरस्कार’ समर्पण गरिन्छ ।

(५) वानीरा कृति पुरस्कार

नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरिको व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धानमा केन्द्रित रहेर अति महत्वपूर्ण ग्रन्थ लेख्ने लेखकलाई यथायोग्य राशिसहित ‘वानीरा कृति पुरस्कार’ समर्पण गरिन्छ ।

(६) वानीरा कीर्ति पुरस्कार

नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरिको व्यक्तित्वमा केन्द्रित रहेर महत्वपूर्ण कीर्ति निर्माण गर्ने व्यक्तित्वलाई यथायोग्य राशिसहित ‘वानीरा कीर्ति पुरस्कार’ समर्पण गरिन्छ ।

वानीरा गिरीको जीवनी

वानीरा विशेष

वानीरा अभिलेख

नइ टेलिफोन कोश