» वानीरा फाउन्डेसन निजी क्षेत्रमा नेपाली भाषासाहित्यको हालसम्मकै उच्च धन राशिबाट निर्माण गरिएको विशेष प्राज्ञिक संस्था हो ।

Home » वानीरा पुरस्कारबाट पुरस्कृतहरूको भाषण » श्री कालीप्रसाद रिजालको सम्बोधन

श्री कालीप्रसाद रिजालको सम्बोधन

२०७८ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट पुरस्कृत

श्री कालीप्रसाद रिजालको सम्बोधन

सर्वप्रथम त साहित्यको क्षेत्रमा आफ्नो विशिष्ट स्थान स्थापित गर्न सफल भएका नेपाली साहित्यका विश्वनारी रत्न वानीरा गिरिको नाममा स्थापित वानीरा प्रज्ञापुरस्कार पाएकोमा मैले आपूm गौरवान्वित भएको अनुभव गरेको कुरा व्यक्त गर्न चाहन्छु । एक विदुषी कवयित्रीको नाममा स्थापित यस गरिमामय पुरस्कारको आफ्नो छुट्टै महŒव रहेको छ र यो पुरस्कारका लागि मलाई चयन गर्नुभएकोमा वानीरा फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु ।

वानीरा गिरिको भौतिक उपस्थिति आज हामीबीच छैन । तर उहाँ आफ्नो रचना र स्मृतिको रूपमा आज पनि हामीसितै रहेको म अनुभव गर्दछु । वानीरा गिरिका बारेमा भन्नुपर्दा उहाँले साहित्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचानका साथ आफ्नो छुट्टै विशिष्ट स्थान बनाउनुभएको छ । रचना पढ्नेबित्तिकै यो वानीराकै लेखन हो भनेर हामी भन्न सक्छाð । आफ्नो रचनाको माध्यमबाट साहित्यको क्षेत्रमा छुट्टै शैली र पहिचान बनाउन सक्नु स्वयम्मा एउटा विशेष उपलब्धि हो ।

व्यक्तिगत रूपमा पनि वानीरा गिरिकोे आफ्नै किसिमको स्वभाव र व्यक्तित्व रहेको म अनुभव गर्दछु । आफ्नो मनमा लागेको कुरा स्पष्ट रूपमा निःसङ्कोच अभिव्यक्त गर्ने उहाँको स्वभाव थियो । यस मानेमा उहाँ आफ्नो विवेक र चेतनाप्रति सदैव इमानदार रहेको भन्न सकिन्छ । तर निर्भीक रूपमा स्पष्ट अभिव्यक्ति दिने क्रममा कुनै अतिशयोक्ति भएको अनुभव भएमा त्यसलाई तत्काल स्वीकार गरेर सच्याउने र त्यसका लागि क्षमायाचना गर्ने विशेषता पनि उहाँमा थियो । यसैको प्रभावस्वरूप उहाँ आफ्नो रचनाहरूमा पनि आफ्नो विवेक र चेतनाप्रति इमानदार रहेको पाइन्छ । दुःखको कुरो उहाँ अल्पायुमै अस्वस्थ हुनुभयो र लेख्तालेख्तै उहाँको लेखनीमा पूर्ण विराम लाग्यो । तर जेजति नेपाली साहित्यका लागि उहाँको योगदान रह्यो त्यो स्वयम्मा उल्लेखनीय छ । आफ्नो चेतना विवेक र आदर्शप्रति इमानदार भएर उहाँले कलम चलाउनुभयो । उहाँका कृतिहरू पढ्दा आज पनि वानीरा गिरि हामीबीचमै हुनुहुन्छ जस्तो अनुभव हुन्छ ।

नइदम्पतीद्वारा सञ्चालित र व्यवस्थित तथा शङ्कर गिरिको पवित्र भावनाबाट स्थापित वानीरा फाउन्डेसनले स्थापनाका वर्ष नै मलाई पुरस्कृत गरेकोमा म थप खुसी भएको छु । शङ्कर गिरिको उच्च भावनाको सम्मान गर्दै नइ जोडीले यस संस्थाको पूर्ण अभिभारा ग्रहण गरिनु यस संस्थाको भविष्य सुरक्षित हुनु हो भन्ने मलाई लाग्दछ ।

आजको यस अवसरमा म वानीरा गिरिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । जहाँ भए पनि हामीलाई उहाँको स्नेह र शुभेच्छा प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गर्दछु । उहाँको नामसित आबद्ध भएको वानीरा प्रज्ञापुरस्कार प्राप्त गर्नु मेरा लागि हर्षको विषय हो । यसका लागि फाउन्डेसनप्रति म हार्दिक आभार प्रकट गर्दछु । अन्त्यमा म पुनः वानीरा गिरिको आत्माको चिरशान्तिको कामना गर्दै आफ्नो भनाइलाई यहीँ बिट मार्ने अनुमति चाहन्छु । धन्यवाद !

वानीरा गिरीको जीवनी

वानीरा विशेष

वानीरा अभिलेख

नइ टेलिफोन कोश