२०७९ सालको ‘वानीरा पुरस्कार’बाट पुरस्कृत
श्री गोपाल पराजुलीको वक्तव्य
मेरो दर्शनको साँचो आधार भनेको साहित्यबाट जीवनलाई हेर्नु हो । र त्यसै तŒवको माध्यमबाट संसारलाई मानवबस्तीको रूपमा बदल्न एउटा सौन्दर्य क्रिएट गर्नु हो । साहित्यबाट मेरो उद्देश्य भनेको यो दर्शन तपाईंहरूसँग बाँडेर बस्न चाहनु नै हो ।
यस बेला मेरो उपस्थिति यहाँहरू सबैलाई सम्मान अर्पण गर्नुबाहेक अरू केही रहेको छैन । वानीरा फाउन्डेसनले यो स्पेस मलाई दिएको छ भन्ने मैले ठानेको छु ।
द्वन्द्वरहित र ईश्वरसहितको संसार खोज्दै म कविताको यज्ञमा शब्द हवन गर्न थालेको हुँ । स्वतन्त्रता र शान्तिका लागि बाहेक संसारलाई मैले अर्को प्रयोजनका लागि हेरेको छैन । र संसारमा मैले अर्को युद्ध पनि लडेको छैन । ईश्वरलाई मानिसतिर र मानिसलाई ईश्वरतिर आउन अपिल गरेको बाहेक मैले कुनै भीड र जुलुसलाई आपूmतिर आमन्त्रण गरेको छैन । म मानिसकै हुँ भन्ने कुरा मानिसले सुन्न नचाहेसम्म यो कुरा म मानिसलाई भन्न चाहन्नँ । मुस्किल बखतमा मैले याद गरेको कवि मसित छ भन्ने बोधबाहेक मसित कुनै ज्ञान छैन । म दुःखी के कुरामा छु भने संसारले बन्दुक धेरै बनायो, तर बुद्ध एउटाभन्दा बढी दिन सकेन । म संसारमा मानिसको बोली बदल्न आएको होइन । कविताले मलाई आफ्नै अनुहारको रङ पनि बदल्ने आदेश दिएको छैन । भगवान्लाई मेरो प्रार्थना छ— ‘भगवान् ! कसैसँग गठबन्धन नगर । र मलाई स्वतन्त्र गर ।’ मानिससँग मेरो प्रार्थना छ— ‘मानिस ! म तिमीलाई विश्वास गर्न चाहन्छु । एकछिन हतियार मन, वचन कर्मले बाहिर राख ।’
ऋग्वेद साक्षी छ । सृष्टिसँगै कविहरू आए । आपðmभित्रको हृदयको पत्र देखाए । सनसनीपूर्ण होइन, संवेदनाको प्रस्ताव देखाए । युद्धमा जीत शान्तिदूतको हुन्छ, कविहरूले नै पैmसला सुनाए । स्रष्टालाई मात्र थाहा हुन्छ । सृष्टि क्षेत्र कहाँ छ र युद्ध क्षेत्र कहाँ । राजनीतिले मलाई भन्न दिन्छ भने म भन्छु कविहरू साचो अर्थमा योद्धा हुन् । म अहिले वानीराको कविलाई सेलेब्रेट गर्दै छु । ताराहरूबीचको जून वानीरा जो कविताबाट उदाइन् । र अस्त नहुने गरेर हिमालमाथि गएर बसिन् । नेपालले घुम्टो खोलेर देखाएको ‘जीवन थाय्मरु’ ‘मेरो आविष्कार’, ‘काठमाडाð काठमाडाðँ’ हाम्रो तस्बिर हो । नेपालको अनुहारको आविष्कार हो । सगरमाथासँगै लगेर कवितालाई उभ्याएकी वानीरा बाँचिन् । नबाँचेकी भए कविता मथ्र्यो । वानीराको दृश्य देखाउने दुई रत्न नरेन्द्र इन्दिरा हाम्रा अगाडि छन् । र हाम्रा अगाडि प्रेमी शङ्कर गिरि छन् ।
‘पुनर्जागरण’ (०५८.०५.०५)मा मेरो स्रष्टाको नामलाई ‘एउटा काव्ययोद्धा’ भनेर लेख्ने वानीराले नेपाली साहित्यको काव्यक्षेत्रमै एउटा युद्ध जितेर गइन् । देशले वानीरालाई यसै विजयका लागि ‘नेपाली साहित्यका विश्वनारी रत्न’ उपाधि दियो । स्रष्टा कहिल्यै नझुकेपछि सगरमाथालाई पनि आफ्नो उचाइ बढाउन कर लाग्छ । वानीराको कवितामा देशको एउटा शिर छ । स्वाभिमानको एउटा पहाड छ । आफ्नै छातीको एउटा समथर भूमि छ । वानीराको कविता, निबन्ध, उपन्यासमा एउटा चुनौतीपूर्ण विश्व छ । देश जुलुसमा हिँडिरहेको बेला स्रष्टाहरू देखिएका छन् । नेपालमा कविताको तपोभूमि छ ।
वानीराले बताएर गएको सत्य बताउँदै छन् कविहरू नयाँ आयाममा । संसार दिँदै छ बधाई असत्यको सातो खानेहरूलाई । जब कवि सोच्छ मान्छेको बारे, हुन्छ मान्छेको मन उथलपुथल । देशको मन उथलपुथल । राजनीति गर्नेहरूले आपूmलाई जङ्गलमा रोखेको बेला देश खोज्छ एउटा प्रतिपक्ष । मानवभावना र संवेदनाको स्वतन्त्रताका लागि । त्यो प्रतिपक्ष रिमालमा बस्यो । भूपिमा बस्यो । अनि वानीरामा बस्यो । धेरैमा । मानवीय संवेदनाको शपथ कवितामा धेरै कविहरूले खाए । व्यासका लागि गीत ठूलो कुरा हो । र कविहरूले त्यो व्यास खोजिरहे । पुरस्कार र सजाय होइन । व्यासले गरेको तपस्यामा उनलाई आफ्नै नाम पनि चाहिन्न ।
अलर्ट छ आजको कवि आफ्नै कवितामा । कवि झूट बोले क्षमा दिन्न आपðmलाई । आफ्नै भूमिमा पुनस्र्थापित गर्छ । गुमेको स्वर्ग, मिल्टनझð । राजनीति देशमा दुर्घटना बनेको बेला वानीराको स्मरण एउटा घटना हो । संवेदनाको । कवि कब्जा गर्छ आपðmलाई स्वतन्त्र गर्न देश । स्वतन्त्र गर्न मानवभावना र उसको शिर । जब देशमा अँध्यारो पस्छ कवि आउँछ खुला गर्न रामको राज्य । देशलाई गाली गर्ने बेलामा जन्मन्छ हिटलर । प्रशंसा गर्ने बेलामा जन्मन्छ ह्विटमन । ईश्वरलाई हतियार चलाउने बेला जन्मन्छ नित्से । देशलाई प्रेम चढाउने बेला जन्मन्छ कविको देवकोटा । कुन बेला उभिन्छ देश कवि आयो भनेर । हेर्न बाँकी अर्को संसार यहाँ सधð छ । ‘शाकुन्तल’, ‘तरुण तपसी’, ‘चिसो चुल्हो’ ‘ऋतम्भरा’ कविहरूको हो ।
नेपाल व्यासले नै सपना देखेको देश हो । विश्वमा सबभन्दा पहिले शिवले कैलाश छोएको देश खोज्दै छन् कविहरू । स्रष्टालाई सपना बेचेको मन पर्दैन । देशले देखेको एउटा सपना हो वानीरा । ईश्वरवल्लभ, वैरागी काइँला, मोहन कोइराला । धेरै । हामी अहिले हेरिरहेछाð वानीराले देशलाई दिएको निबन्धको सारी । उपन्यासको चोली । कविताको शिरपोस । देश कतैबाट मागिरहेछ नेपालको मन । नेपालीको वचन । नेपालको कर्म जब कोही देशमा धूलो उडाउँछ । आउँछ आँधी । कविता र वानीरा ।वानीराले कवितामा जाने घोषणा जब गरिन्, नइले वानीरालाई विश्वमा लाने घोषणा ग¥यो । यसपछि ग¥यो देशले आफ्नो आँखाको आँसु पुछ्ने घोषणा । सुतिरहेको देशलाई उठाए रिमालले । निदाइरहेको देशलाई ब्यूँझाए भूपीले । एउटी जुधारु कविलाई उडाए विश्वमा नइले । कवि चले धर्ती आपðm चल्छ । उभिएका छन् स्वागत गर्न नरेन्द्र इन्दिरा । राजपथमा । खडा छन् शङ्कर गिरिहरू । समय भनिरहेछ वानीरा हाम्रो घमन्ड !